गृहपृष्ठ ∕ मुख्यपत्र ∕ अमेरिकामा नेपाली नर्स ममताको मृत्यु कि हत्या ? अमेरिकामा नेपाली नर्स ममताको मृत्यु कि हत्या ? स्वर्णपत्र शुक्रबार, २०८१ भदौ ७ गते, १४:४२ मा प्रकाशित मुख्यपत्र काठमाडौं । अमेरिकामा नेपाली नर्स बेपत्ता भएको प्रकरणमा नर्सका श्रीमान पक्राउ परेका छन् । नर्स ममता काफ्लेको हत्या गरेको हुनसक्ने शंकाका आधारमा अमेरिकी प्रहरीले श्रीमान नरेश भट्टलाई पक्राउ गरेको हो । २८ वर्षीया काफ्लेको हत्या गरी शव लुकाएको हुनसक्ने अनुमान छ । ममता बेपत्ता भएपछि नरेशले श्रीमतीसँग आफ्नो कुनै झगडा नभएको दाबी गर्दै आएका थिए । तर उनी ममताको खोजी गर्न माग गर्दै भएको प्रदर्शनमा सहभागी भएका थिएनन् । कञ्चनपुरको महेन्द्रनगर स्थायी घर भएका भट्टले सन् २०२० मा विवाह गरेका थिए । पछिल्लो समय उनीहरुबीच सम्बन्ध राम्रो थिएन । काफ्लेले सम्बन्ध विच्छेदका लागि विभिन्न व्यक्तिहरुसँग परामर्श गरेकोसमेत खुलेको छ । काफ्ले पछिल्लोपटक साउन १६ गते भर्जिनियास्थित मनसास पार्कमा देखिएकी थिइन् । र ममता बेपत्ता भएपछि नि श्रीमान् नरेशले खोजीका लागि कुनै चासो दिएका थिएनन् । आफन्त र साथीभाइको पहलमा नै ममता हराएको सूचना प्रहरीसम्म पुगेको थियो । पछिल्लोपटक प्रहरीले गरेको प्रेस ब्रिफिङमा मनसास पार्क पुलिसका प्रमुखले श्रीमान् नरेशले अनुसन्धानमा सहयोग नगरेको भन्दै शंका गरेका थिए । लगत्तै प्रहरीले उनको घरमा छापा मारेको थियो । प्रहरीले थप प्रमाण फेला पारेपछि नरेशलाई पक्राउ गरेको भनेको छ । काफ्लेको अवस्था भने अहिलेसम्म पत्ता लागेको छैन । #ममता काफ्ले तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार हर्क साम्पाङले गरे सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट कांग्रेसमा विश्वप्रकाश र गगनको गुनासो हामीहरुलाई हेपियो, अब चुप लागेर… नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ ११ गते हुन लागेको राष्ट्रिय सभामा नेकपा एमालेसहितका दलसँग तालमेलप्रति आपत्ति जनाएका छन् । जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभाको उम्मेदवार बनायो जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ । आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि… भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग लोकप्रिय १ सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन २ समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना ३ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची ४ ओलीलाई बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी ५ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ६ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ७ आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए ८ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की