Techie IT
Friday, January 2, 2026 | शुक्रबार, पुस १८, २०८२
२०८२ पुस १८, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबिहे गर्न लागेकी युवतीको अश्लील भिडिओ देखेपछि…

बिहे गर्न लागेकी युवतीको अश्लील भिडिओ देखेपछि…


काठमाडौं । आफूले विहे गर्न लागेको केटा वा केटीको अश्लील भिडियो देख्दा कस्तो होला ? हामी अनुमान पनि गर्न सक्दैनौं । तर, काठमाडौंकै एकजना पुरुषले त्यस्तै निर्मम परिस्थितिको सामना गर्नुपरेको छ । विहे गर्न लागेकी केटीको पूर्वप्रेमीले अश्लील भिडिओ पठाएपछि उक्त परिवारमा निकै तनाव बढेको र विहे भाँडिएको छ ।

आफ्नो गोपनियता भंग गरेको भन्दै केटीले पूर्वप्रेमी सञ्जय खनालविरुद्ध प्रहरीमा जाहेरी दिएकी छिन् । प्रहरीले विहे गर्न लागेका केटाकेटीको परिचय भने गोप्य राखेको छ । प्रहरीका अनुसार झन्डै एक वर्ष अगाडि उक्त केटी र ३४ वर्षीय सञ्जय खनालबीच स्न्यापच्याटमा भेट भएको थियो । स्न्यापच्याटमा सामान्य कुरा हुँदै अगाडि बढेको सम्बन्ध मोबाइल नम्बर साटासाट भई ह्वाट्सएपसम्म पुग्यो ।

उनीहरूबीच घनिष्ट सम्बन्ध स्थापित भयो । दुवैजना काठमाडौंमै बस्ने भएकाले उनीहरुबीच भेटघाट पनि भइरहन्थ्यो । भेटघाट बाक्लिँदै जाँदा उनीहरूबीच शारीरिक सम्बन्धसमेत हुन थाल्यो । खनालले यौन गतिविधिको भिडिओ बनाउनुका साथै फोटो खिचेर राख्थे । युवतीले फोटो र भिडिओ डिलिट गर्न अनुरोध गर्थिन्, तर खनालले केही समयपछि डिलिट गर्छु भन्दै विश्वास दिलाउँथे । पछि युवतीको अर्कै युवकसँग बिहेको कुरा चल्यो । बिहे गर्ने भनेका युवकसँग युवती नजिकिइन् ।

एक दिन ती युवकले हुनेवाली श्रीमती र सञ्जय खनालको सम्बन्ध नजिक रहेको चाल पाए । त्यसपछि आफू, युवती र सञ्जय खनालबीच ह्वाट्सएपमा ग्रुप च्याट भयो । त्यस क्रममा उनले खनाल र युवतीबीचको सम्बन्धका बारेमा बुझ्न खोजे । र, अन्ततः सञ्जयले विगतमा खिचेका अश्लील फोटो, भिडिओ नै ग्रुपच्याटमा हालिदिए । यससँगै, अश्लील शब्दसहितको मेसेज र शारीरिक सम्बन्ध राखेको भिडिओ बाहिरिएपछि आफ्नो अपमान तथा चरित्रहत्या भएको भन्दै युवतीले प्रहरी कार्यालयमा सञ्जय खनालको नाममा किटानी जाहेरी दिएकी दिइन् ।

त्यसपछि प्रहरीले खनाललाई नियन्त्रणमा लिएर अनुसन्धान गर्यो । प्रहरी अनुसन्धानमा सञ्जयले कमजोरी स्वीकारेका छन् । अहिले खनाललाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला…

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै माइतिघरमा प्रदर्शन

काठमाडौं । काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा खोलाको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् ।

सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन…

सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनाव अन्त्यका लागि

समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना

समानुपातिक सूचीमा मनलाग्दी गरेको भन्दै रास्वपाभित्र चरम असन्तुष्टि बढेको छ भने पार्टी बाहिरबाट पनि चर्को आलोचना भइरहेको छ ।

कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् ।

एकैदिन तोलामा ८ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ७ हजार ९ सय

Techie IT