Techie IT
Monday, January 5, 2026 | सोमबार, पुस २१, २०८२
२०८२ पुस २१, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमाओवादी अध्यक्षमा जनार्दनको आँखा, प्रचण्ड तनावमा

माओवादी अध्यक्षमा जनार्दनको आँखा, प्रचण्ड तनावमा


काठमाडौं । ठूला–ठूला परिवर्तनको कुरा गर्ने नेकपा माओवादी केन्द्रको नेतृत्व भने ‘अपरिवर्तनीय’ जस्तै बनेको छ । पार्टी स्थापना भएदेखि नै अर्थात् ३० वर्षदेखि एकोहोरो एउटै व्यक्तिले नेतृत्व गरिरहँदा माओवादी नै जाम भएजस्तो भइसकेको छ । अर्थात्, माओवादी निरन्तर ओरालो–यात्रामा छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वप्रति पार्टीभित्रै असन्तुष्टि चुलिँदो छ । त्यसैले अहिले माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) ले प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन् ।

शर्माले अध्यक्ष प्रचण्डसहितका पदाधिकारीहरु संरक्षकको भूमिकामा रहने र तेस्रो पुस्ताको युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्तावसमेत गरेका छन् । यसका लागि हालको केन्द्रीय कमिटी भंग गरी अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने र प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने शर्माको भनाइ छ । स्थायी कमिटी बैठकमा शर्माले राखेको यो प्रस्तावबाट अध्यक्ष प्रचण्ड नराम्ररी झस्किएका छन् । किनकि, उनीमा अझै पार्टीको नेतृत्व गरिरहने लालसा छ ।

माओवादी केन्द्रमा सामूहिक नेतृत्वको अवधारणालाई संकुचित गर्दै एकलौटी नेतृत्वको अभ्यास गरिएको उपमहासचिव शर्माको ठहर छ । शान्ति सम्झौतासँगै बदलिएको परिस्थितिअनुरूप पार्टीलाई संगठनात्मक संरचना र विधि पद्दति अनुसार चलाउनुपर्ने उनको भनाइ छ । त्यस्तै पार्टीमा बिग्रेको कामको नैतिक जिम्मेवारी नेतृत्वले नलिने प्रवृत्ति हाबी भएकोमा पनि उनले चिन्ता व्यक्त गरेका छन् ।

शर्माले माओवादी केन्द्रले उठाएको समाजवादको नारामा पनि प्रश्न उठाएका छन् । त्यस्तै पार्टीमा परिवारवाद हामी भएको भन्दै शर्माले प्रचण्डको कटु आलोचना गरेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २

जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि…

भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि

मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि

पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग

२ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला

एमालेबाट सांसदको टिकटका लागि कैलालीबाट लेखराज भट्टदेखि झापाबाट केपी ओलीसम्म…

काठमाडौ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि १८ जना नेताको नाम निर्वाचन क्षेत्रबाट एकल सिफरिसमा परेको छ । एमालेका अनुसार

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको एमालेले गर्यो निन्दा

काठमाडौ । नेकपा एमालेले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने कदमको निन्दा गरेको छ ।

Techie IT