गृहपृष्ठ ∕ मुख्यपत्र ∕ तत्काल लेबनान छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन तत्काल लेबनान छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन स्वर्णपत्र आईतबार, २०८१ साउन २० गते, १०:५७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न निर्देशन दिएको छ । लेबनानको बेरुतमा रहेको अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई तत्कालै लेबनान छाड्न निर्देशन दिएको हो । मध्यपूर्वमा तनाव बढिरहेको समयमा दूतावासले उपलब्ध जुनसुकै टिकटमा लेबनान छाड्न निर्देशन दिएको हो । बुधबार तेहरानमा हमास प्रमुख इस्माइल हानियाको हत्यापछि इरानले इजरायलसँग कडा प्रतिकार गर्ने बताएको थियो । बेरुतमा हेजबुल्लाहका कमान्ड फाउद शुकर मारिएको केही घण्टामै हानियाको हत्या भएको थियो । लेबनानमा रहेको हेजबुल्लाहले हत्याको प्रतिकारमा ठूलो भूमिका खेल्न सक्ने र इजरायलले पनि गम्भीरतापूर्वक यसको जवाफी हमला गर्नसक्ने आशङ्का गरिएको थियो । स्थानीय समयअनुसार आइतबार मध्यरातमा हेजबुल्लाहले उत्तरी इजरायलको बेइत हिलेल सहरमा दर्जनौँ रकेट लन्च गरेको थियो । मध्य पूर्वमा हिंसा भड्किरहँदा जोर्डन, क्यानडालगायत देशहरूले पनि आ–आफ्ना नागरिकलाई लेबनानको भ्रमण नगर्न चेतावनी दिइरहेका छन् । #अमेरिका तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि… भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग २ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला एमालेबाट सांसदको टिकटका लागि कैलालीबाट लेखराज भट्टदेखि झापाबाट केपी ओलीसम्म… काठमाडौ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि १८ जना नेताको नाम निर्वाचन क्षेत्रबाट एकल सिफरिसमा परेको छ । एमालेका अनुसार भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको एमालेले गर्यो निन्दा काठमाडौ । नेकपा एमालेले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने कदमको निन्दा गरेको छ । लोकप्रिय १ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची २ आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए ३ समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना ४ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ५ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ६ सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन ७ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की ८ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद