Techie IT
Monday, January 5, 2026 | आईतबार, पुस २०, २०८२
२०८२ पुस २०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबलात्कार मुद्दाका कैदी अस्पतालबाट फरार !

बलात्कार मुद्दाका कैदी अस्पतालबाट फरार !


काठमाडौं । कारागारबाट उपचारका लागि अस्पताल लगिएका एक कैदी फरार भएका छन् ।

जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद कोशी अस्पतालबाट फरार भएका हुन् ।

पेट दुख्ने समस्याका कारण बिरामी परेका अहमदलाई उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको थियो । बिहीबार बिहान सवा ५ बजेतिर उनी अस्पतालबाटै फरार भएका हुन् । शाौचालय जाने क्रममा अस्पताल निगरानीमा खटाइएका प्रहरीलाई धकेलेर लडाउँदै उनी फरार भएको प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिका–८ घर भएका अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन् । भारततर्फ भाग्नसक्ने सम्भावनालाई मध्यनजर गरेर प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएको छ ।

उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले २०७९ साल फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

२ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला

एमालेबाट सांसदको टिकटका लागि कैलालीबाट लेखराज भट्टदेखि झापाबाट केपी ओलीसम्म…

काठमाडौ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि १८ जना नेताको नाम निर्वाचन क्षेत्रबाट एकल सिफरिसमा परेको छ । एमालेका अनुसार

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको एमालेले गर्यो निन्दा

काठमाडौ । नेकपा एमालेले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने कदमको निन्दा गरेको छ ।

सरकार प्रमुख नै कार्यकारी भएपछि देश खत्तम हुन्छः माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले देशलाई झन् ठूलो दलदल, अनिश्चय र तानाशाही अवस्थामा

नटिक्ने नै भयो रास्वपा र उज्यालो पार्टीको एकता, बालेन पनि…

रास्वपा र उज्यालो पार्टीबीच भएको एकता लामो समय नटिक्ने निश्चित भएको छ । एकता भएको एक सातामै असन्तुष्टि चुलिएपछि उनीहरुबीच

विद्युतीय गाडी बिक्रीमा बीवाईडीले टेस्लालाई उछिन्यो

काठमाडौँ । विश्वमा सर्वाधिक विद्युतीय गाडी विक्रेताका रूपमा चिनियाँ कम्पनी ‘बीवाईडी’ ले अमेरिकी कम्पनी ‘टेस्ला’ लाई उछिनेको देखिएको छ । वार्षिक

Techie IT