Techie IT
Monday, January 5, 2026 | सोमबार, पुस २१, २०८२
२०८२ पुस २१, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबस्ती खोलामा, खोला बस्तीमा (तस्वीरहरु)

बस्ती खोलामा, खोला बस्तीमा (तस्वीरहरु)


काठमाडौं । नदी अतिक्रमण गरेर अनेक संरचना बनाएको परिणामस्वरुप काठमाडौं डुबानमा परेको छ । गएराति एकाध घण्टा दर्के झरी पर्न नपाउँदै काठमाडौंका विभिन्न ठाउँ डुबानमा परेको हो ।

वर्षापछि आएको बाढीका कारण काठमाडौंका खोला तथा नदी किनारका सडक ठाउँ–ठाउँमा अवरुद्ध भएका छन् । सडक नै बाढीले ढाक्दा यातायात आवागमन प्रभावित भएको छ । कागेश्वरी मनोहरा क्षेत्रको करिडोरका सडकमा अहिले पनि पानी जमेको छ । कागेश्वरी मनोहरा क्षेत्रको करिडोर पनि जलमग्न छ ।

नदी तथा खोला किनारका बस्तीमा बाढी पस्दा स्थानीयको दैनिकी नै प्रभावित भएको छ । च्यासलस्थित एमाले केन्द्रीय कार्यालय, शंखपार्क, सुकुम्बासी बस्ती, कालिमाटी तरकारी बजार क्षेत्र लगायतका स्थानमा जलमग्न भएका छन् । करिडोर क्षेत्रमा सवारी आवागमन प्रभावित हुँदा सवारी चालक र यात्रुहरुलाई जाममा बस्नुपर्ने बाध्यता छ ।

रातभरको वर्षाले भक्तपुरको हनुमन्ते र आसपासका सहायक खोला उर्लिँदा आसपासका अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखाना जलमग्नमात्र भएका छैनन् त्यहाँ लाखौँको क्षति भएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २

जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि…

भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि

मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि

पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग

२ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला

एमालेबाट सांसदको टिकटका लागि कैलालीबाट लेखराज भट्टदेखि झापाबाट केपी ओलीसम्म…

काठमाडौ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि १८ जना नेताको नाम निर्वाचन क्षेत्रबाट एकल सिफरिसमा परेको छ । एमालेका अनुसार

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको एमालेले गर्यो निन्दा

काठमाडौ । नेकपा एमालेले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने कदमको निन्दा गरेको छ ।

Techie IT