गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सुनचाँदीको मूल्य लगातार उकालो सुनचाँदीको मूल्य लगातार उकालो स्वर्णपत्र शुक्रबार, २०८२ पुस ११ गते, १४:२५ मा प्रकाशित मुख्यपत्र | वित्तपत्र काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बुधबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला दुई लाख ६९ हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार दुई सय रूपैयाँ बढी हो। बिहीबार भने सुन प्रतितोला दुई लाख ६७ हजार पाँच सय रूपैयाँमा किनबेच भएको थियो। बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा चार हजार चार सय रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। #सुनको मूल्य तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार पाँच महिनामा वीरगंज नाकाबाट तीन खर्ब ५९ अर्बका सामान आयात काठमाडौं । वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५ अर्ब २३ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा सुनचाँदीको मूल्यमा भारी वृद्धि एकैदीन ३४ सयले बढ्यो सुन काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार उतार चडाव आएको छ। हिजो आइतबार छापावाला सुन प्रतितोला २ लाख ५८ हजार आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा बुधबार ५ अंकले बढ्यो नेप्से काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख लोकप्रिय १ बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा २ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ३ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी ४ रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने ५ मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर आरोप ६ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ७ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद ८ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य