गृहपृष्ठ ∕ वित्तपत्र ∕ अपर मेवाखोला जलविद्युत आयोजनाले गर्यो वित्तीय व्यवस्थापना सम्झौता अपर मेवाखोला जलविद्युत आयोजनाले गर्यो वित्तीय व्यवस्थापना सम्झौता ग्लोबल आइएमई र लक्ष्मी सनसाइज बैंकले गर्ने भए लगानी स्वर्णपत्र शुक्रबार, २०८२ जेठ ३० गते, १७:२० मा प्रकाशित वित्तपत्र काठमाडौं । ताप्लेजुङमा बन्न लागेको ३१.९२ मेगावाट क्षमताको अपर मेवाखोला जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । बिहीबार आयोजना प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ र बैंकहरुबीच वित्तीय सम्झौता सम्पन्न भएको हो । आयोजनामा ग्लोबल आइएमई बैंक र लक्ष्मी सनराइज बैंकले ऋण लगानी गर्नेगरी सम्झौता सम्पन्न भएको हो । आयोजना निर्माणका लागि बैंकहरुले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्ने उल्लेख छ । सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेस अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेस अफिसर मनिशराज कुँवर र सौर्य होल्डिङका प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले हस्ताक्षर गरेका छन् । आयोजनाको कुल अनुमानित लागत ६ अर्ब ३७ करोड रूपैयाँ रहेको छ । सम्झौताअनुसार आयोजनामा बैंकहरूले ७५ प्रतिशत ऋण लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत लगानी सौर्य होल्डिङले हकप्रद सेयरमार्फत उठाएको पुँजीबाट गर्ने उल्लेख छ । निर्माण सुरू भएको मितिबाट तीन वर्षभित्र आयोजना सम्पन्न गरिने लक्ष्य राखिएको छ । #अपर मेवाखोला तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार पाँच महिनामा वीरगंज नाकाबाट तीन खर्ब ५९ अर्बका सामान आयात काठमाडौं । वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५ अर्ब २३ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा सुनचाँदीको मूल्यमा भारी वृद्धि एकैदीन ३४ सयले बढ्यो सुन काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार उतार चडाव आएको छ। हिजो आइतबार छापावाला सुन प्रतितोला २ लाख ५८ हजार आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा बुधबार ५ अंकले बढ्यो नेप्से काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख लोकप्रिय १ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी २ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ३ रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने ४ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ५ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ६ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ७ एमालेको मतदानमा मोबाइल लान बन्देज ८ रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी