Techie IT
Saturday, December 27, 2025 | शुक्रबार, पुस ११, २०८२
२०८२ पुस ११, शुक्रबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रनिजी क्षेत्रलाई निरुत्साहित गरेर देशमा विकास हुँदैनः अध्यक्ष ढकाल

निजी क्षेत्रलाई निरुत्साहित गरेर देशमा विकास हुँदैनः अध्यक्ष ढकाल


काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्यले विकास र रोजगारीमा नकारात्मक असर पर्ने बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशको उद्घाटनका अवसरमा बोल्दै उनले विकासका लागि नीतिगत स्थायित्वका साथसाथै निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्य रोक्न समेत आवश्यक भएको धारणा राखे ।

‘निजी क्षेत्रले ठूलो जोखिम मोलेर लगानी गरेको हुन्छ । रोजगारी सिर्जना गरेको हुन्छ, राज्यलाई कर तिरेको हुन्छ । तर पछिल्लो समय आम मानिसमा गलत भाष्य छर्ने गरि कतिपय गतिविधि भएका छन् । जसले निजी क्षेत्रलाई निरुत्साहित गर्ने गरेको छ । यसमा परिवर्तन आवश्यक छ’, उनले भने ।

सरकारले गरेका पछिल्ला नीतिगत सुधारले निजी क्षेत्र लगानीको वातावरण बन्नेमा विश्वस्त रहेको बताउँदै उनले यसकोे कार्यान्वयनका लागि छिट्टै नियमावली र कार्यविधि ल्याउन आग्रह गरे ।

उनले यसबाट नेपालको व्यवसायिक गतिविधिमा सुधार ल्याउने आन्तरिक तथा बाह्य लगानीलाई प्रोत्साहन गर्ने छ भन्ने निजी क्षेत्रले विश्वास लिएको समेत बताए ।

नेपालमै ठूला परियोजनाहरू सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना रहेकोमा जोड दिँदै उनले निजी क्षेत्रको पहलमा नेपाल डेभलपमेन्ट पब्लिक इन्भेस्टमेन्ट कम्पनीको स्थापना गरी काम अगाडि बढाइएको बताए ।

अध्यक्ष ढकालले स्वदेशी एवं विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नु पर्ने बताउँदै महासंघले व्यवसायिक वातावरण सुधार र लगानी प्रवद्र्धनलाई आप्‌mनो उच्च प्राथमिकतामा राखेको र यसमा सरकार र अन्य निकायहरुसंग समन्वय र सहकार्य खोजिरहेको धारणा राखे ।

आर्थिक विकासका लागि सकारात्मक वातावरण निर्माण गर्न र लगानी बढाउन आग्रह गर्दै उनले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उद्योगहरूलाई प्राथमिकता दिन आगामी बजेटले सम्बोधन गर्न सरकारलाई सुझाव दिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज

पाँच महिनामा वीरगंज नाकाबाट तीन खर्ब ५९ अर्बका सामान आयात

काठमाडौं । वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५ अर्ब २३ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा

सुनचाँदीको मूल्यमा भारी वृद्धि एकैदीन ३४ सयले बढ्यो सुन

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार उतार चडाव आएको छ। हिजो आइतबार छापावाला सुन प्रतितोला २ लाख ५८ हजार

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक

Techie IT