Techie IT
Monday, January 5, 2026 | सोमबार, पुस २१, २०८२
२०८२ पुस २१, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रनटिक्ने नै भयो रास्वपा र उज्यालो पार्टीको एकता, बालेन पनि असन्तुष्ट

नटिक्ने नै भयो रास्वपा र उज्यालो पार्टीको एकता, बालेन पनि असन्तुष्ट


काठमाडौँ ।  रास्वपा र उज्यालो पार्टीबीच भएको एकता लामो समय नटिक्ने निश्चित भएको छ । एकता भएको एक सातामै असन्तुष्टि चुलिएपछि उनीहरुबीच फाटो आउने निश्चित भएको छ । त्यस्तै रास्वपामा मिसिएको बालेन समूहले पनि असन्तुष्टि व्यक्त गर्न थालेको छ ।

बुझिएअनुसार उज्यालो पार्टीले रास्वपाले छलछाम र जालझेलको राजनीति गरेको आरोप लगाएको छ । त्यस्तै संघीयता र गणतन्त्रबारे रास्वपाको प्रष्ट धारणा नआएको पनि उसको गुनासो छ । यससँगै निर्वाचन आयोगमा बुझाएको समानुपाति सूचीेले दुवै दललाई तनाव भएको छ ।

आयोगमा रास्वपाले बुझाएको ११० जना समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफ्नो तर्फबाट १८ जनाको नाम सिफारिस गरेको तर १४ जनाको मात्र नाम परेपछि ऊर्जामन्त्री समेत रहेका उनेपाका संरक्षक कुलमान घिसिङ रुष्ट बनेका छन् । पुस १४ गते शीर्ष नेताहरू छलफलकै क्रममा रहँदा समेत उनेपाले छुट्टै ११० जनाको बन्दसूची आयोगमा बुझाएको थियो ।

सम्मानजनक समायोजन गर्ने रवि र घिसिङबिच भद्र सहमति अनुसार उनेपाले आफ्नो बन्दसूची फिर्ता लिएको थियो । सहमति अनुसार रास्वपाको बन्दसूचीमा उनेपाका उम्मेदवार नपरेपछि रास्वपाबाट धोका पाएको महसुस नेताहरूले गरेका छन् । घिसिङलाई उपसभापति बनाउने विषय सहमतिमै उल्लेख भए पनि अन्य नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्नेमा सहमति पत्र मौन छ ।

पछिल्लो बैठकमा संघीयता र गणतन्त्रको विषयमा उनेपाका नेताहरूले प्रस्ट पार्न पनि माग गरेका थिए । जबाफमा रास्वपाका नेताहरूले देशको संविधान, संघीयता, गणतन्त्र, लोकतन्त्र मानेरै आएको तर्क गर्दै थप प्रस्ट पार्न आवश्यक नभएको बताएका थिए । एकतापछिको पार्टीको सैद्धान्तिक र वैचारिक लाइन स्पष्ट छैन ।

एकतामा धोका भएको निष्कर्ष निकालेको उनेपाले आयोगमा छुट्टै बन्दसूची बुझाउने प्रयास गरे पनि बन्दसूची बुझाउने समय सकिएकाले उनेपाको प्रयास असफल भएको थियो । एकता नहुँदै आन्तरिक असन्तुष्टि बाहिरिएपछि शनिबार सहमति खोज्न तीन पक्षका नेताहरूबिच रास्वपाको केन्द्रीय कार्यालयमा बैठक बसेको थियो । बुझिएअनुसार बैठक सकारात्मक भएको छ ।

बैठकमा समानुपातिक बन्दसूचीमा देखिएको त्रुटि सच्याउन सहमहामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको छ । कार्यदलमा बालेनको तर्फबाट सुदिप ढकाल र घिसिङको तर्फबाट अनिल घिसिङ रहनेछन् ।

यस्तै संगठनात्मक संरचना मिलाउन र नेताहरूको व्यवस्थापन मिलाउनका लागि सङ्गठन विभाग उपप्रमुख बोधनारायण श्रेष्ठको नेतृत्वमा सात सदस्यीय समिति बनाउने सहमति भएको छ । त्यसमा कुलमान र बालेन समूहले नाम पठाएपछि काम सुरु हुने बुझिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २

जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि…

भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि

मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि

पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग

२ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला

एमालेबाट सांसदको टिकटका लागि कैलालीबाट लेखराज भट्टदेखि झापाबाट केपी ओलीसम्म…

काठमाडौ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि १८ जना नेताको नाम निर्वाचन क्षेत्रबाट एकल सिफरिसमा परेको छ । एमालेका अनुसार

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको एमालेले गर्यो निन्दा

काठमाडौ । नेकपा एमालेले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने कदमको निन्दा गरेको छ ।

Techie IT