गृहपृष्ठ ∕ ब्रेकिङ ∕ सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन स्वर्णपत्र बिहीबार, २०८२ पुस १७ गते, १६:२५ मा प्रकाशित ब्रेकिङ काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनाव अन्त्यका लागि पाँच बुँदे सहमति भएको छ । बुधबार राति करिब १ बजे सशस्त्र प्रहरीले चलाएको गोली लागेर भारतबाट सिटी सफारीमा सामान लिएर आउँदै गरेका साहको मृत्यु भएको थियो । उनको मृत्युपछि स्थानीय र पीडित पक्ष आन्दोलित भएका थिए । आन्दोलनका क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टमा पनि आक्रमण भएको थियो ।बिहीबार जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र पीडित पक्षबीच भएको वार्तामा घटनाको छानबिन गर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा रोजगारीको व्यवस्था गर्ने सहमति जुटेको हो । #सुनसरी गोली काण्ड तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लोकप्रिय १ बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा २ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ३ सरकारलाई गुहारेरै भएपनि ओलीलाई बयानका बोलाउने ४ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद ५ ‘नेता बन्नुअघि मान्छे बन्नुपर्छ’ ६ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ७ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ८ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ