गृहपृष्ठ ∕ ब्रेकिङ ∕ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ स्वर्णपत्र शुक्रबार, २०८२ पुस ११ गते, १५:२० मा प्रकाशित ब्रेकिङ काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री शर्मालाई शपथ ग्रहण गराएका हुन्। प्रधानमन्त्री सुशीला कार्कीले शर्मालाई आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन्। मन्त्रिपरिषद् विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय बनेको छ। शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रमुख, सुरक्षाकर्मीसँगै संवैधानिक अंगका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो । नेपाली सेनाका पूर्वरथी शर्माले तत्कालीन सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको भूमिका समेत सम्हालेका थिए। संयुक्त राष्ट्र सङ्घीय शान्ति सेनाको फोर्स कमाण्डरको जिम्मेवारी समेत सम्हालिसकेका उनी हाल प्रतिरक्षा विश्वविद्यालयको अध्यक्ष हुन्। #परराष्ट्र मन्त्री तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की प्रधानमन्त्री सुशिला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच फेरि छलफल हुने भएको छ । अन्ततः एक हुने भए रवि, बालेन र कुलमान, बालेन र… अन्नतः वैकल्पिक भनिएका तीन शक्ति एक हुने भएका छन् । बुझिएअनुसार काठमाडौंका मेयर बालेन साहसँगै कुलमान घिसिङ पनि रास्वपाकै छानोमुनि लोकप्रिय १ बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा २ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ३ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी ४ रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने ५ मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर आरोप ६ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ७ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ८ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद