गृहपृष्ठ ∕ ब्रेकिङ ∕ अन्ततः एक हुने भए रवि, बालेन र कुलमान, बालेन र कुलमानलाई पार्टीको दोस्रो वरीयता अन्ततः एक हुने भए रवि, बालेन र कुलमान, बालेन र कुलमानलाई पार्टीको दोस्रो वरीयता स्वर्णपत्र शुक्रबार, २०८२ पुस ११ गते, १३:४० मा प्रकाशित ब्रेकिङ काठमाडौं । अन्नतः वैकल्पिक भनिएका तीन शक्ति एक हुने भएका छन् । बुझिएअनुसार काठमाडौंका मेयर बालेन साहसँगै कुलमान घिसिङ पनि रास्वपाकै छानोमुनि एकतावद्ध हुन लागेका हुन् । उनीहरुबीच रवि लामिछानेले पार्टी हाँक्ने र बालेन साहले सरकार हाँक्ने सहमति भएको छ । यससँगै बालेन र कुलमानलाई रास्वपाको दोस्रो वरीयतामा राख्ने पनि सहमति भएको भनिएको छ । यद्यपि, सहमतिको ड्राफ्ट सार्वजनिक भएको छैन । केही मूलभूत सैद्दान्तिक विषयमा सहमति हुन बाँकी रहेको नेताहरुले बताएका छन् । रास्वपा सभापति लामिछानेसँगको एक्ला एक्लै दुई चरणको छलफल पछि रवि र बालेन एकै ठाउँमा उभिन सहमत भएका हुन् । सहमतिअनुसार अहिलेको रास्वपाको पदाधिकारी टिममा कुनै परिवर्तन हुने छैन । र, अब तीनै जना नेताले आसन्न चुनावमा घण्टी चिह्नबाट चुनाव लड्नेछन् । #बालेन र कुलमान #रवि तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लोकप्रिय १ बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा २ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ३ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी ४ रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने ५ मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर आरोप ६ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ७ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ८ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद